विचार/ब्लग"भ्रष्टाचारीलाई चोटैचोट, बालेन शाहलाई भोटैभोट"

“भ्रष्टाचारीलाई चोटैचोट, बालेन शाहलाई भोटैभोट”

पुर्व सचिब,
भिम उपाध्याय

अहिलेसम्म मालिक रोज्दै आयौँ, अब सेवक रोज्ने बेला आयो। आजसम्म हामीले रोजेका मालिकहरू जुका थिए, अहिले पनि जुकाहरू सल्बलाएका छन्। जुकाले तपाईँ हाम्रो रगत चुसेर मोटाएका छन्। अब जुका झार्न नुन छर्कने दिन ३० गते आउदै छ।

बालेनलाई भोट हालेको आफैलाई भोट हालेको हो, मालिक रोजेको हैन, जनताका सेवकलाई हालेको हो। बालेन जित्नु पूरै काठमाण्डौँ र देशले जितेको हुन्छ। बालेन जितेनन् भने काठमाण्डौँ र सारा जनता हारेका हुनेछन्। बालेन सबै दल र जनताको साझा हुन् र हुनेछन्। उनी कसैको बिरूद्धमा हैन, जनताको सेवाका लागि अघि बढेका हुन्। असल मान्छे पदमा पुग्यो भने घोषणा-पत्रसत्र केही चाहिदैन। जनसम्पर्कमा रहेर जनताका चाहनालाई नै लागू गर्ने हो, यो ब्यवस्थापकीय सीप मात्र हो। काठमाण्डौँ महानगरमा फालाफाल श्रोत छ।

काठमाण्डौँको महिमा, गरिमा, सम्पदा, श्रोत, संस्कृति, परम्पराहरूको जगेर्ना गर्दै समृद्धि थप्ने हो। सबै विज्ञ र बुजुर्गहरूको सल्लाह समन्वयमा काम गर्ने हो। आजसम्मको सबैभन्दा उन्नत शान्तिपूर्ण क्रान्तिको प्रतिक बालेन बन्दैछन्। दबाब तोडफोड र बिरोधले मुलुक बन्दैन, बन्ने हैन, सबैसंग मिलेर गरे मात्र बन्छ। प्रशासन कडा हुनैपर्छ तर जनतासंग नरम हुनैपर्छ। नेतालाई जनताले अभिभावक र रक्षक संरक्षक मान्न सकेको हुनैपर्छ।

बालेन जित्दा कोही हार्दैनन्, सबैले जित्नेछन्। बालेन नजित्दा बालेन त हार्दैनन् तर देश, जनता र काठमाण्डौँ अर्को ५ वर्षका लागि हार्नेछ। अर्को ५ वर्ष पनि कबाडखानामा बस्ने कि विगतका कबाडलाई अब मिल्काउने? आईटीप्रेमी, लोकप्रिय, प्यासोनेट, युवाका चहेता नेता आजसम्म पाईएको थिएन, अब पाईयो । युवा जागे मात्र देश बन्ने हो, निरास युवाहरू खतरनाक हुन्छन्।

नेता उत्पेरणा हो, काम त सबैले नेताबाट उत्साहित भएर आआफै गर्ने हो । अहिले युवा उत्साहित हुदैछन्, यस निम्ति पनि बालेन नै चाहिन्छ। मेरो अन्यसबै उम्मेदवारहरू, कर्मचारी, मजदुर, सुरक्षाकर्मी, नेता, पत्रकार, कलाकार, पेशाविद, ब्यापारी, उद्योगी, प्राध्यापक र सर्वसाधारण पीडित र देशप्रति गम्भीर जनतामा अपिल छ – यसपटक बालेनलाई नै मत हालौँ । काठमाण्डौँ देशको नाभी हो, जहॉबाट शरीररूपी देशको सबै अंगहरूमा उर्जाका दशौँ हजार नाडी कनेक्टेड भएको हुन्छ। अब यदि र तर … हैन, एक मात्र बिकल्प बालेन नै बालेन हो। जुकाहरूको सत्यानास गर्ने हो। स्वस्थ स्वच्छ बन्ने हो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका