Friday, January 17, 2025
समाजविपन्न बिद्यार्थीलाई पढाईमा सघाएर आफ्नो जन्मदिन मनाउने पोख्रेलको घोषणा

विपन्न बिद्यार्थीलाई पढाईमा सघाएर आफ्नो जन्मदिन मनाउने पोख्रेलको घोषणा

भरतपुर | माओवादी केन्द्रका युवानेता अविरल पोख्रेलले भरतपुर महानगरपालिका वडा न १४ का अति विपन्न दलित छात्रालाई पढाई खर्चमा सघाएर आफ्नो जन्मदिन मनाउने घोषणा गरेका छन् ।

२०४२ साल वैशाख २७ गते पिता बिस्णु प्रसाद पोख्रेल र माता बिस्णु माया पोख्रेलको कोखबाट माइलो सन्तानको रुपमा लमजुङमा जन्मिएका पोख्रेल जनयुद्धबाट आफुलाई राजनीतिमा समाहित गरी माओवादी केन्द्र निकट युवा नेताको रुपमा पहिचान बनाउन सफल छन् । उनले कोभिडको महामारीमा समेत जनताको सेवामा महत्त्वपूर्ण योगदान गरेका थिय ।

वैशाख २७ गते आफू जन्मेको दिनको स्मरण गर्दै पोख्रेलले देश र जनताको सेवामा आफुलाई सदा समर्पित गरिरहने संकल्प गर्दै आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगर्ने बताए ।

उनले अनावश्यक खर्चको साटो आर्थिक अभावको कारण उच्च शिक्षा दिलाउन नसक्ने स्थितिका क्रान्तिकारी योद्धा क. देवेन्द्रको एसइइ दिएर बसेकि १५ वर्षीय छोरी ममता मिजारलाई उच्च शिक्षा पठनपाठनमा सहयोग पुर्याएर आफ्नो जन्मदिन बिशेश बनाउने इन्फो नेपाललाई लाई बताएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img