सुनसरी | नेकपा एकीकृत समाजवादीका बरिष्ट
नेता झलनाथ खनाल हिजो इटहरीमा आएका थिय ।
हिजो सोमबार लोकतान्त्रिक गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै खनालले भने `ओलीको दक्षिणपन्थी गठबन्धन हाम्रो लोकतान्त्रिक गठबन्धन रहेको टिप्पणी गरे ।´
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा, लोसपा जस्ता “संविधान नमान्नेहरुसँग गठबन्धन गरिरहेको बताउँदै आफुहरू संविधानको पक्षमा रहेकाले लोकतान्त्रिक बाम गठबन्धन संविधानको रक्षा गर्नेहरुको साझा गठबन्धन रहेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।”
उनले संविधान निर्माणमा पनि सबै दलहरू एक भएको स्मरण गर्दै अहिले बनेको गठबन्धन संविधान रक्षाका लागि भएको तर्क राखे ।
‘अब गठबन्धन विजयीको बाटोमा अगाडि बढिसकेको छ, हामी केपी शर्मा ओली गुटलाई पराजित गर्दैछौँ,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ‘३० गतेपछि केपी गुटको समाप्त हुँदैछ ।’ उनले इटहरीमा गठबन्धनको सरकारले विजयी हुने निश्चित जस्तै भएको दाबी गरे ।
विगतका ठुला ठुला आन्दोलनहरु गठबन्धनबाटै सफल भएको उदाहरण दिँदै खनालले २०४६ सालमा भएको पञ्चायत विरुद्धको आन्दोलन, ७ पार्टी मिलेर गरेको २०६२-६३ को जनआन्दोलन लगायतका आन्दोलनको उदाहरण समेत प्रस्तुत गरेका थिय ।