भोजपुरको ट्यामकेमयुङ गाउँपालिकामा किरातिहरुको आस्थाको धरोहर पारुहाङ्ग ,सुम्निमा एलम्बरको मुर्ती किन्नेर राख्ने नाममा सास्कृतिक इतिहास माथी ठूलो भष्टचार गरिएको छ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । सोम्बार ट्याम्केमयुङ गाउँपालिकालाई चुनाबी सभालाई सम्बोधन गर्दै सङ्घिय साम्सद सुधन किरातिले पचासलाख रुपैया छुट्टाएर तिनलाखको मुर्ती ल्याउने काम भएको आरोप लगाएका छन । उक्त मुर्तिमा ४७ लाख रुपैयाको हिसाब देखाउनुपर्छ ,पारुहाङ र सुम्निमाको मुर्ती कोहिपनी नपुग्ने मयुङको जङ्गलमा राख्ने काम गरिएको र एल्बरको मुर्ति तिम्मामा बारिको भित्तामा सुगुरको खोरमा राखिएको बाताए । उक्त मुर्ति ट्याम्के र चखेवामा राख्नु पर्ने बताए । ट्यामकेमयुङ गाउँपालिकाका पुर्ब अध्यक्ष नेकपा एमालेका हालका गाउपालिका अध्यक्ष उम्मेदवार धुब्र राईले उक्त हिसाबकिताब जनतालाई नदेखाएको र जनताले उक्त हिसाबकिताब निर्बाचनको दिन गर्ने बताए । साम्सद किरातिले भने”यहाँ भ्रष्टाचार हुन्थ्यो नै तर,धुब्रराईले किरातिहरुको पुर्ब इतिहास सस्कृतिक माथी भ्रष्टाचार भएको यश बिषयमा घोर आपती छ ,यसको हिसाबकिताब जनतालाई नदेखए जनताले तीस गते आफै फैसला गर्नेछन ।”उक्त मुर्तिकाण्डको बिष्यमा गठबन्धनका उपप्रमुख इन्द्रवति राइले समेत मुर्तिराख्ने नाममा अध्यक्ष र उनका आसेपासेले मोटोरकम भ्रष्ट गरेको बताउदै आएकी छिन ।