सुनसरी / सुनसरी जिल्लाको दुहबी-९ मा हिजो सोमबार राती अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु´रा प्रहार गरेको छ ।
घा´इते ऋषि देवले घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफूमाथि छु´रा प्रहार गरेको छन् ।
घा´इतेको उपचारका लागि सुनसरीको सामुदायिक अस्पतालमा उपचार भइरहेको दुहबी प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देव माझीले घटनाको अनुसन्धान भइरहेको बताए । – साङ्केतिक फोटो
सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए । यो घटना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन ।