काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार मौन अवधिअघि एमालेद्वारा काठमाडौंमा आयोजित चुनावी सभामा गौतम एमाले प्रवेश गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट पार्टी प्रवेश गरेका गौतमले ओलीलाई भ्लादिमिर पुटिन र सी चिनफिङसँग तुलना गरेका थिए ।त्यसपछि उनले कविता पनि बाचन गरे । कविता पाँच दलीय गठबन्धनविरुद्ध रहेको थियो ।
फेसबुक, युट्यु र टिकटकमा भाइरल गौतमले पार्टी प्रवशे कार्यक्रममा नेपाली कांग्रेसबाट काठमाडौं महानगरमा मेयरकी उम्मेदवार सृजना सिंहको आलोचना गरेका छन् । आफूलाई सृजनाको कुकुरले टोेकेको र रेबिजविरुद्धको सुई लगाउन पनि बाँकी रहेको भन्दै गौतम कड्किए ।