Wednesday, February 12, 2025
समाजहचुवामा हुन्न भन्दै मेयर बालेन शाहले दरवारमार्गमा पुगेर गरे यस्तो घोषणा

हचुवामा हुन्न भन्दै मेयर बालेन शाहले दरवारमार्गमा पुगेर गरे यस्तो घोषणा

काठमाडौं:

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन ।

साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छऽ फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ ।

त्यस्तै, काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले भने ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ ।

मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ । बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्टयाउने । त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ,’।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस