Wednesday, February 12, 2025
समाजकिशोर मृत भेटिएपछि तनाव, प्रहरीले गर्‍यो हवाई फायर

किशोर मृत भेटिएपछि तनाव, प्रहरीले गर्‍यो हवाई फायर

अछाम १७ : जेठदेखि वेपत्ता भएका किशोर मृत भेटिएपछि अछाममा स्थानीयले प्रदर्शन गरेका छन् ।

पन्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा भेटिएका थिए । उनी घरनजिकै मृत अवस्थामा भेटिएपछि स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारवाही गर्न माग गर्दै प्रहरीलाई शव उठाउन दिएका छैनन् । स्थानीय प्रदर्शनमा उत्रिएपछि त्यहाँ तनाव बढेको हो ।

तनाव बढेपछि प्रहरीले हवाई फायर गरेको छ । साथै अश्रुग्यास पनि प्रहार भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर गरेको छ । त्यस्तै, ३ राउन्ड अश्रुग्याँस प्रहार भएको प्रहरीले जनाएको छ । तर, स्थिति अझै नियन्त्रणमा आएको छैन । स्थानीयको प्रदर्शन नरोकिएपछि डोटीबाट थप सुरक्षाकर्मी मगाइएको छ ।

३० वैशाखमा स्थानीय तह निर्वाचन सकिए पछि एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा शाही हराएको परिवारले दाबी गर्दै गएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस