फिचरचुम्बन काण्ड पछी भाइरल बनेकी राज्यमन्त्री कुटपिटमा पनि माहिर

चुम्बन काण्ड पछी भाइरल बनेकी राज्यमन्त्री कुटपिटमा पनि माहिर

काठमाडौं । चुम्बन काण्डमा भाइरल बनेकी राज्यमन्त्री कुटपिटमा पनि माहिर छिन ।

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली एक महिलालाई कुटपिट गरेपछि पुनः विवादमा तानिएकी हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ सब्जीमण्डि स्थित वाइसीएलका नेता समेत रहेका एकराज बस्नेतको घरभित्र पसेर उनले एकराजकी श्रीमती र पाँच वर्षिया छोरीमाथि मंगलबार विहान कुटपिट गरकी थिइन् ।

स्थानीयबासीले कुटपिट गरेको भनेर गुनासाे गरेपछि राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको थियो । वलीको कुटाइबाट मीनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ । विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल सरकारी गाडीमा पुगेकी थिइन् ।

‘बिहानै गेट खोल भन्दै राज्य वली आउनु भयो । गेट खोलेर भित्र आएपछि एकराज खोइ भन्दै खोज्नुभयो, पीडित मिनाले सञ्चारकर्मीहरुसँग भनिन्, ‘त्यसपछि भित्र आएर दराजमा भएका लुगाहरु फालिदिनु भयो । मलाइ गालामा हिर्काउनुभयो । मेरो कपडा पनि च्यातिदिनु भयो ।’ कुटपिटका समय वाइसिएल नेता एकराज भने घरमा थिएनन् ।

वलीलाई पहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको थियो । कुटपिटमा परेकी मिनाले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ । वलीविरुद्ध जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाइँदैछ ।

राज्यमन्त्री वलीले एकराज आफ्नो श्रीमान् भएको दाबी गर्दै आफूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीको गुनासो छ । वलीलाई प्रहरीले इप्रकाबाट निकालेर जिल्ला प्रहरी कार्यालय लाँदा पीडितका आफन्तले नाराबाजी गरेका थिए । प्रहरीले नाराबाजी गर्नेमाथि सामान्य बल प्रयोग गरी राज्यमन्त्री वलीलाई जिप्रका घोराही लगेको थियो ।

राज्यमन्त्री वली एमालेबाट दाङ ३ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको श्रीमती हुन् । उनका श्रीमान उत्तरकुमारको दुर्घटनामा मृत्यु भएपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विमला सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

गत वर्ष वली लुम्बिनीमा सरकार जोगाउनुपर्ने एमाले र नयाँ सरकार बनाउने तयारी गरेको माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाएर पत्रकार सम्मेलन समेत गरेकी थिइन् । पुनः पछिल्लो समय महिला र बालिकालाई घरभित्रै कुटेपछि राज्यमन्त्री रहेकी वली विवादमा तानिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img