काठमाडौं: केही दिन पहिला पर्यटनमन्त्री प्रेमबहादुर आलेको अश्’लिल गाली सार्वजनिक भएको थियो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेबाट अश्’लिल गाली गलौज र दुव्र्यवहार बेहरोका नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ।
पर्यटनमन्त्री आले र उनको सम्बन्ध राम्रो थिएन। आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो।
उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ। उनीमाथि कर्मचारीमाथि दू’र्व्यवहार गरेको लगायत आरोप थिए।



