चितवन : चितवनमा बला’त्कारपछि तीनजनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनाको अवधिमा तीनजनाको मृत्यु भएको हो। राप्ती– १, खैरहनी– १० र इच्छाकामना– ३ की महिलाको बला’त्कार घटनापछि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इन्सेकले जनाएको छ।
इच्छाकामना ३ की ७१ वर्षीया महिलालाई भान्जा नाता पर्ने व्यक्तिले बला’त्कार गरेको प्रहरीले जनाएको थियो। त्यस्तै खैरहनी नगरपालिका १० मा ३५ वर्षीया गीता माझीलाई आफ्नै श्रीमान्को बला’त्कार र निर्घात कुटाइबाट घाइते भएपछि उपचारका कार्यक्रममा जेठ महिनामा मृत्यु भएको छ। आरोपितलाई अदालतले पुर्पक्षका लागि थुनामा समेत पठाइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारी जानकारी दिए।
राप्तीकी २७ वर्षीया महिलाको पनि बला’त्कारका कारण मृत्यु भएको छ। उनको जेठ ३१ गते मृत्यु भएको थियो, तर अहिले पनि आरोपित हिरासतमै छन्। अनुसन्धान चलिरहेको अधिकारीले जानकारी दिए। आरोपमा मकवानपुरका ४५ वर्षीय पूर्णबहादुर घलान पक्राउ परेका छन्।
यस्तै चितवनमा ६ महिनाको अवधिमा २९ जना बला’त्कारमा परेका छन्। इन्सेकको तथ्यांकअनुसार, पुस महिनादेखि हालसम्म २५ बालिका र ४ महिला करणमा परेका छन्। यो संख्या अघिल्लो वर्षभन्दा धेरै हो।
यो समाचार नागरिक न्युजमा छ ।



