Wednesday, January 15, 2025
समाजबालेनले ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भन्दै लेखेको स्टाटसमा कमेन्टका वर्षा आएपछि...

बालेनले ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भन्दै लेखेको स्टाटसमा कमेन्टका वर्षा आएपछि…

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ मेयर बनेर आएपछि काठमाडौँको फोहोर पहिले जसरी पनि उठ्न सकिरहेको छैन ।

फोहोरले काठमााडैँ दुर्गन्धित बनिरहँदा सोमबार राती ‘बालेन’ले आफ्नो अन भेरिफाइड फेसबुक पेजबाट ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भनेर लेखिएको स्टाटस केही समयमा नै डिलिट भएको छ ।

बालेनका बालेन नामका भेरिफाइड र अनभेरिफाइड दुई वटा फेसबुक पेज रहेका छन्। बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो। कमेन्टको वर्षा आउन थालेपछि बालेन भन्ने पेजमा रहेको उक्त काम गर्न देउ, डिस्टर्ब नगर हटाइए पनि अहिले उक्त पेजमा लेखिएको स्टाटसको स्क्रिन सर्ट भाइरल बनिरहेको छ ।

बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले पछिल्लो समय विवादमा तानिएका बला उक्त स्टाटस आएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img