काठमाडौं: नेपाल राष्ट्र बैंकले आज बुधबार विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । तपाई खाडी मुलुकहरुको मुद्रा बिनिमयदर हेर्दै हुनुहुन्छ भने साउदी अरेबियन रियाल १ को खरिददर ३५.८५ पैसा नेपाली रहेको छ भने विक्रीदर ३४.०१ पैसा रहेको छ ।
यस्तैगरी कतारी रियाल ३४.६३ पैसा, यूएई दिराम ३४.५९ पैसा मलेसियन रिँगेट २८.६४ पैसा कुबेती दिनार १ को खरिददर ४१२.३३ पैसा बहराइन दिनार ३३७.०५ पैसा रहेको छ । यस्तैगरी डलरहरु मध्ये युएस डलर १ को खरिददर १२७.०६ पैसा तोकेको छ । हिजो मंगलबार १२६. ८१ पैसा रहेको थियो ।
एकै दिनमा डलरमूल्य २५ पैसाले मँहगिएको छ । पछिल्लो समय डलरको मूल्यमा उच्च बृद्धि हुँदै आएको छ । यसले मुलुकको डलर सञ्चितिमा समेत ठूलो असर पारेको छ ।
यस्तैगरी मुद्रा बिनिमयदर सटही गर्दै हुनुुहन्छ भने युरो १ को खरिददर १२७.२३ पैसा रहेको छ । बिक्रीदर १२७.८३ पैसा रहेको छ । अष्ट्रेलियन डलर ८५.४८ पैसा, क्यानेडियन डलर ९७.५२ पैसा, सिँगापुरे डलर ९०.३० पैसा रहेको छ ।
अन्य मुलुकहरुको मुद्रा बिनिमयदर हेर्नुस् बिबरणमाः
Bidesi Mudra | विदेशी मुद्रा विनिमय दर | Today Exchange Rate



