Tuesday, December 3, 2024
समाज६० लाखमा बनेको ‘सुँगुर’को प्रतिमा

६० लाखमा बनेको ‘सुँगुर’को प्रतिमा

उदयपुर । उदयपुरको बेलका नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । बेलका– ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा बनाएको हो ।

bangur salik info

बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६÷७७ मा बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । मेयर दुर्गाकुमार थापाले भने ‘अघिल्लो २ वर्षदेखि बनाउन शुरु गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग सकिएको छ, दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी छ ।’

थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो । बराहको प्रतिमा बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र तथा चतराधाम वारिपारि पर्छ । बीचबाट सप्तकोशी बगेको छ ।

नगरपालिकाको पहाडी क्षेत्र अर्थात अग्लो भागमा पर्ने यो क्षेत्रबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगम स्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बराहको प्रतिमा बनाएको उनले बताए ।

बराहको प्रतिमा नजिकै झरना पनि रहेको छ । बराहको प्रतिमा बनाएको ठाउँ नजिक मैनामैनी मन्दिर समेत रहेको छ । आन्तरिक पर्यटनको विकासका लागि पार्क बनाउने तयारीसमेत रहेको मेयर थापाले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img