Saturday, April 19, 2025
समाजदेश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको हुँ: लामिछाने
spot_img

देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको हुँ: लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताएका छन् ।

आफ्नो पार्टी आगामी चुनावको प्रतिक्षामा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिष देखाएर घोषणा गर्ने निर्वाचनले आफ्नो भाग्य चम्किने बताए ।

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको भन्दै अघि भने, ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ । ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् । ,’

सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतीक्षामा छु । तिम्रा ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img