Saturday, May 17, 2025
समाजपाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते
spot_img

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

spot_img

पाल्पा । पाल्पा रिब्दीकोट गाउँपालिका – २ लघुवामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।

आइतबार दिउँसो साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरी चौकीले जनाएको छ । मृतको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि तानसेन पठाइएको प्रहरी चौकी हार्थोकले जनाएको छ ।

बस सडकबाट करिब सय मिटर तल खसेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धारा गरिरहेका छन् ।

घटनास्थलमा अन्य घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भईरहेको र घटनास्थलमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img