काठमाडौं: आज नयाँ बानेश्वरमा बालेन साहविरुद्ध नाराबाजी भएको छ ।
नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीलाई नगरप्रहरीले हटाउन थालेपछि व्यवसायीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।
बुधबार साँझ नगरप्रहरीले सडक छेउका व्यवसायीका सामान उठाउन थालेपछि उनीहरूले मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन् । बानेश्वरस्थित छक्कुबक्कु पार्कनजिकै सडक छेउमा व्यापारी जम्मा भएर केहीबेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै सडक छेउका व्यापारी आक्रोशित बनेका छन् ।