देशकोशी प्रदेशमोरङको बेलबारीमा ट्रक र कार ठोक्किदा एक जनाको मृत्यु, एक जना घाइते
spot_img

मोरङको बेलबारीमा ट्रक र कार ठोक्किदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरी / मोरङको बेलवारी नगरपालिका -८ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार ठोक्किदा जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय बेलवारीका अनुसार आज बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी – १ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक नगरपालिका – ४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी बेलबारी अस्पताल पठाईएको थियो भने बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा कार चालक लामिछानेलेको मृत्यु हो । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img