काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विवादास्पद अभिव्यक्ति दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गर्ने अभिव्यक्ति दिएका हुन् ।
यस्तै मेयर साम्पाङले अर्को स्टेटस लेख्दै धरान नगरको विकासको लागि कक्षा ९, १०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा वर्षको ७ दिन सकेको श्रम गर्नुपर्ने बताएका छन्। उनले त्यसलाई श्रम, सरसफाइ, वृक्षरोपणलगायत जे पनि हुन सक्ने औल्याएका छन् ।
लगत्तै मेयर साम्पाङले फेरि अर्को स्टाटस लेख्दै माटो नछुनेले माटो बेचेर सकाउने भन्दै अहिलेको शिक्षाले आश्वासन दिएर परनिर्भरता बनाएको बताए ।
यता, धरान उप-महानरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराईले भने बालबालिकाको श्रमदान सम्बन्धी नीति बनाउने तयारी नरहेको बताए ।