Tuesday, October 15, 2024
समाजस्वतन्त्र उम्मेदवारलाई पूर्व सचिव उपाध्यायको २० सुझाव

स्वतन्त्र उम्मेदवारलाई पूर्व सचिव उपाध्यायको २० सुझाव

spot_img

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव तथा स्वतन्त्र युवाको पक्षमा उभिएका सामाजिक अभियन्ता भीम उपाध्यायले स्वतन्त्र उम्मेदवारलाई २० सुझाव दिएका छन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागि स्वतन्त्र उम्मेदवारहरू पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। पहिलोपटक तामझामका साथ स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा रहेका उनीहरू पनि आफ्नो पक्षमा नतिजा पार्न योजना बुनिरहेका छन्।

यसैबीच, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारीमा रहेका स्वतन्त्रहरूलाई उपाध्यायले ढल व्यवस्थापन देखी आधुनिक प्रविधि र आईटीको विस्तारिकरण सम्मको योजना बनाउनुपर्ने भन्दै २० सुझाव दिएका हुन् ।

उपाध्यायले दिएका २० सुझावः

  •  ढल व्यवस्थापन,
  •  खानेपानी व्यवस्था,
  •  फोहरमैला व्यवस्थापन,
  •  ट्राफिक व्यवस्थापन,
  •  बाढी, पहिरो र डुबान नियन्त्रण,
  •  दिसा व्यवस्थापन,
  •  भ्रष्टाचार उन्मूलन,
  •  सिन्डिकेशन र कार्टेलिंग निवारण,
  •  बला’त्कार, ह’त्या र मानवतस्करी नियन्त्रण,
  •  प्रशासन, पुलिस, विकास र न्याय प्रशासनमा सुशासन,
  •  वेरोजगारी निर्मूलन वा रोजगारी सिर्जना,
  •  सडक तथा एयरपोर्ट वा यातायात पूर्वाधारको तीव्र विकास,
  •  पर्यावरण व्यवस्थापन,
  •  शान्ति सुरक्षा र अमनचयन,
  •  उद्योगधन्दाको विकास र निर्यातयोग्य वस्तु उत्पादन,
  • व्यापार शिक्षा स्वास्थ्य वैदेशिक रोजगार व्यावसायमा माफिया निर्मुलन,
  •  सरकारी कर्मचारीमा सदाचार विकास र तिनको प्रभावकारिता र क्षमता सुदृढिकरण,
  •  सडक मर्मत र सुरक्षा व्यवस्थापन,
  •  आध्यात्मिक जागरण र नैतिकताको सामाजिक सद्भाव र सहिष्णूता अभिवृद्धिकरण,
  •  आधुनिक प्रविधि र आईटीको विस्तारिकरण ।
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img