चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताएकी छिन ।
भरतपुर–२ मा रहेकाे देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले आयोजना गरेको लालपुर्जा प्राप्तिपछि शुभकामना तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको काममा अभिभावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख बताएकी हुन् । ‘लालपुर्जा पाउँदा तपाईँहरू जति खुसी हुनुहुन्छ, त्योभन्दा बढी म खुसी छु’, उनले भनिन , ‘हामीले जे बोल्यौँ, त्यही गर्याैँ । अब भरतपुरका सबै सुकुम्वासीले लालपुर्जा पाउनुहुन्छ ।’
मेयर दाहालले विगतमा लालपुर्जा दिने आश्वासन दिने तर काम नगर्ने परिपाटीले गर्दा सुकुम्वासीलाई लामो समयसम्म काम हुने कि होइन भन्ने ठूलो चिन्ता भए पनि तर अहिले सबै भ्रम हटेर गएको बताईन।पालिका चुनावअघि नाटक गर्न निस्सा वितरणको नाटक मञ्चन गर्न आएका हुन् भनी विरोधीहरूले भ्रम सिर्जना गरे पनि लालपुर्जा दिइ बोलेको कुरा पूरा गरेको उनको भनाइ थियो ।
भरतपुर–२ बाट महानगरपालिकामा लालपुर्जा वितरण गरी नयाँ इतिहास रच्न सफल भएको उनले बताईन । भरतपुर–११ मा नाप/जाँचको काम सुरु भइसेकेकाले अबको केही समयमा लालपुर्जा वितरण गरिने उनले जानकारी दिएकी छन् । महानगरपालिकाले अधुरो कामलाई पूरा गरी भरतपुरका २९ वटै वडामा सबै सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गरिन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अग्रसरताको कारण लालपुर्जा वितरण गर्न सकिएको बताईन। यो आयोगले सबै सुकुम्वासीलाई प्रक्रिया पुर्याएर भूमिपति बनाएरै छाड्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनको भनाइ छ ।



