गोरखा ; १५ वर्षीया किशोरीलाई बला’त्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेकव छ ।
बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शनिबार १५ वर्षीया किशोरीलाई बला’त्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो । किशोरीलाई बला’त्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।
आरोपितविरुद्ध सोमबार जबर्जस्ती क’रणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।



