Sunday, April 20, 2025
समाजयूएई पुगेका ९ नेपाली युवा ११ महिनादेखि जेलमा
spot_img

यूएई पुगेका ९ नेपाली युवा ११ महिनादेखि जेलमा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि ९ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।

उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।

पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् । दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ दिन्छु भन्दै आठ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ पत्रमा उल्लेख छ ।

दुबई पुगेपछि इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्लामा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएकाे र घर बाहिर कतै जान नदिएको उनीहरूले बताएका छन् । उनीहरूले आफूहरू निर्दोष भएकाले उद्दार गरिदिन दुतावास र एनआएनएसमक्ष याचना गरेका छन् । पीडितहरूका अनुसार अहिले एक सय जना चिनियाँ नागरिक पनि आफूहरुसँगै जेलमा छन् ।

उनीहरू कसरी र को मार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्ने’bout थप जानकारी खुल्न बाँकी छ। उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img