काठमाडौं । बिरामी भएपछि महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ३ दिनसम्म अब्जर्भेसन’मा राखिने भएको छ।
रुघाखोकी र ज्वरोसहित जिउ दुख्ने लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।
उनलाई डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि यसको पूर्ण निराकरणका लागि कम्तीमा तीन दिन ‘अब्जर्भेसन’मा राख्नुपर्ने भएको हो।