विराटनगर । मोरङ जिल्लाको क्षेत्र नम्वर ६ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यले टिकट पाउनु भएको छ् ।
२०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित हुनुभएको थियो। यो पटक तबदारलाई कांग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।
मोरङमा माओवादीले गठबन्धनबाट प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभामा तीन सिट पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाउनु भएको हो ।
प्रदेश सभातर्फ मोरङको क्षेत्र नम्बर १ को (क)बाट कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले टिकट पाएका छन् । उनी सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।