म्याग्दी । म्याग्दीकी सुस्मिता खत्रीलाई हाम्रो नेपाली पार्टीले आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभाको समानुपातिक उमेद्वार बनाएको छ ।
लौरो अभियान चलाएको पार्टीले मंगला गाउँपालिका–२ कोत्रवाङमा जन्मिएकी २६ वर्षीया खत्रीलाई गण्डकी प्रदेशसभा सदस्यको समानुपातिक उमेद्वार बनाएको हो ।
परिवर्तन र शुसासनको एजेण्डा बोकेर वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको हाम्रो नेपाली पार्टीले प्रदेशसभा सदस्यको समानुपातिक उमेद्वारको बन्द सुचिमा पहिलो नम्बरमा नाम समावेश गरेकोमा खत्री उत्साही भएकी छिन ।
“बा आमालाई टेकाउने, भ्रष्ट्रहरुलाई सेकाउने” मुल नारा बनाएको सो पार्टीको चुनाव चिन्ह लौरो रहेको छ ।