Thursday, May 22, 2025
समाजकार्यान्वयन भयो ७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था !
spot_img

कार्यान्वयन भयो ७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था !

spot_img

काठमाडौँ । बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 

ट्रायलको ७० अङ्कको व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत बुधबार बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण यातायात कार्यालयलाई परिपत्र गरेको हो । 

योसँगै आगामी आइतबार (मंसिर १८ गते) संघीय राजधानी समेत रहेको काठमाडौँको चाबहिल स्थिति यातायात कार्यालयबाट ७० अङ्कको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए । 

१८ गतदेखि नै ट्रायल परीक्षामा ७० अङ्कको व्यवस्था कार्यान्वयनमा ल्याइने भएता पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालयहरू क्रमशः कार्यान्वयनमा जाने अधिकारीले बताए । यसअघि नै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशका, २०७७ को व्यवस्था गर्दै सबै प्रदेशहरूलाई ७० अङ्कको व्यवस्था कार्यान्वयनमा ल्याउन भने पनि बागमती प्रदेशले भने कार्यान्वयनमा ढिला गरिरहेको थियो । 

तर, अन्य प्रदेशहरूले भने यसअघि नै ट्रायल परीक्षाको ७० अङ्कको व्यवस्था कार्यान्वयनमा ल्याइसकेका छन् । 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img