Thursday, May 22, 2025
समाजरवि लामिछानेको नागरिकताबारे अख्तियारले गृह र परराष्ट्रलाई पठायो पत्र 
spot_img

रवि लामिछानेको नागरिकताबारे अख्तियारले गृह र परराष्ट्रलाई पठायो पत्र 

spot_img

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। 

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए।

आयोगले गैरकानुनी सम्पत्ति आर्जन, सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार र अनियमिततासम्बन्धी अनुसन्धान गर्ने भएकाले अधिकार क्षेत्र भएको निकायलाई नै अनुसन्धान गर्न पत्र पठाइएको प्रवक्ता भण्डारीको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।

अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता नलिएको आरोप उनीमाथि छ। खारेज भएकै नागरिकताका आधारमा निर्वाचनमा समेत भाग लिएर दुरुपयोग गरेको आरोप उनीमाथि छ।

अख्तियारले नागरिकता वितरणदेखि त्यससम्बन्धी विवादमा अनुसन्धान गर्ने निकाय गृह मन्त्रालय भएको भन्दै उतै पत्र पठाएको हो। त्यस्तै, उनको नागरिकता विवाद अमेरिकाको स्थायी प्रमाणसँग पनि जोडिएकाले परराष्ट्रमा समेत पठाइएको हो।

लामिछाने लामो समय अमेरिकामा बसोबास गरेर नेपाल फर्केका हुन्। उनले नेपालमा रहँदा नागरिकता विवादको कुरा उठेपछि अमेरिकी स्थायी आवास सम्बन्धी विवरण बुझाएका थिए।

नागरिकता विवादमा उनी दोषी देखिएमा नागरिकता ऐनअनुसार सजाय हुनेछ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img