Monday, May 19, 2025
समाजआजदेखि काठमाडौँका धारामा मेलम्चीको पानी वितरण
spot_img

आजदेखि काठमाडौँका धारामा मेलम्चीको पानी वितरण

spot_img

काठमाडौँ । बर्खायाममा बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना सामान्य मर्मतपछि पानी वितरण हुने भएको छ।

पानीको मुहान क्षेत्र र टनेलको मर्मतपछि आजदेखि काठमाडौँमा पानी वितरणको तयारी गरिएको हो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भोलिदेखि काठमाडौँका घरका धारामा मेलम्चीको पानी वितरण गर्न लागिएको जनाएको छ।

पहिलोचरणमा शुक्रबार चाबहिलस्थित महाकाँलचौरको ट्यांकीबाट पानी वितरण गर्न लागिएको हो। ‘महाकाँलचौरको ट्यांकीमा पानी हाल्ने काम भइरहेको छ। भोलि यही ट्यांकीबाट पानी वितरण गरिनेछ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने, ‘आज पानी वितरण गर्ने कहाँ कहाँ चुहावट हुन्छ हेर्ने तत्कालै मर्मत गर्ने र केही दिनमै १७ करोड लिटर पानी उपत्यकामा दिइनेछ।’

अहिले मेलम्चीको पानी दैनिक १७ करोड लिटर पानी वितरण हुने बताए पनि काठमाडौँमा माग भने दैनिक ४२ करोड लिटरभन्दा धेरै रहेको बताइएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img