सुनसरी / सप्तकोसी नदिको पानी धरान ल्याउने विषयमा धरानका प्रमुख हर्क साम्पाङ राई र बराहक्षेत्रका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ ।
बराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुधबार भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका गिए ।
मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । धरान उपमहानगरका मेयरले चतराबाट पानी धरान लैजाने योजनालाई दुईवटा पालिकाको संयुक्त कार्यक्रम रूपमा लैजानुपर्नेमा जोड दिएका थिए ।
पानीसहित फोहोर व्यवस्थापन, सडक पूर्वाधार, धार्मिक सर्किट लगाएका विषयमा बराहक्षेत्र नगरपालिकासँग सहकार्य गरेर काम गर्ने, छलफल तथा अवलोकनमा धरानबाट मेयर साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहितको टोली पुगेको थियो । मेयर साम्पाङकोशीबाट पानी धरान ल्याउन लिफ्ट गर्ने स्थानबारे बराहक्षेत्रका मेयर कार्कीलाई स्थलगत निरीक्षण पनि गराए ।