Saturday, May 17, 2025
समाजफेरि विवादमा भुवन केसी
spot_img

फेरि विवादमा भुवन केसी

spot_img

काठमाडौं, कतारमा जारी विश्वकप फुटबलका खेलहरु केही चलचित्र हलहरुमा देखाउने प्रयासलाई रोक्न खोज्दा चलचित्र विकास बोर्ड विवादमा तानिएको छ।

विश्वकपअन्तर्गत क्वार्टरफाइलनदेखि फाइनलसम्मका खेलहरु काठमाडौँ उपत्यकाका केही मल्टिप्लेक्स हलहरुमा देखाउने तयारीलाई बोर्डले शुक्रबार रोक लगाउने गरी बोर्डका निर्देशक भुवन केसीले नै पत्र काटेका थिए।

बोर्डले चलचित्र हलमा विश्वकप देखाउने निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै सबै चलचित्र हलका नाममा पत्रका काटेका थिए।  जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई पनि बोधार्थ दिएर काटेको उक्त पत्रमा हलमा विश्वकप देखाएमा कारवाहीको चेतावनी केसीले दिएका थिए। केसीले फिल्म देखाउने हलमा विश्वकप देखाउनु गैरकानुनी हुने तर्क गरेका छन्।

‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ अनुसार चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ’, निर्देशनमा भनिएको थियो, ‘यदि त्यसो नगरेको पाइएमा नियमानुसार कारवाही भइजाने ब्यहोरा जानकारी गराइन्छ।’

तर यसअघि बोर्डले नै चलचित्र हलहरुलाई विश्वकप फुटबल देखाउने अनुमति दिएको खुलेको छ।  बोर्डबाट नै सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले हलहरुलाई ईमेल लेखेर चलचित्र जस्तै विश्वकप देखाउन सकिने भनेका छन्। मुभी कोडसमेत प्रयोग गरेर विश्वकप देखाउन सकिने व्यहोराको विद्युतीय चिठी चलचित्र हलहरुलाई पठाइएको खुलेको हो।

उता यो विवादमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले चलचित्र बोर्डको निर्देशन नमानी विश्वकप देखाउन हलहरुलाई भनेका छन्।

उनले विश्वकप फुटबलका बाँकी खेल देखाउन तयार हलहरुलाई आफूहरुको साथ रहने पनि बताएका छन्। उनले बोर्डले जे भने पनि संघले आफ्नो निर्णयअनुसार विश्वकपका खेलहरु हलमा देखाउने दाबी गरेका छन्।

flim board nepal world cup aLigV4yBIl

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img