Tuesday, June 17, 2025
समाजमाओवादीले पठायो १४ समानुपातिक सांसदको नाम

माओवादीले पठायो १४ समानुपातिक सांसदको नाम [नामावलीसहित]

spot_img

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ ।

जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

-Ads-

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img