काठमाडौं- दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले साम्पाङमाथिआवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् ।
मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति पछि उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने माग गरिएको हो ।
यसअघिनै संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठनलगायतका संघसंगठनले मेयर साम्पाङमाथि कारबाहीको माग गरेका थिए ।