Tuesday, December 10, 2024
राजनीतिनागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले अनुसन्धान गर्दैछ : लामिछाने

नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले अनुसन्धान गर्दैछ : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्टका विषयमा अधिकार प्राप्त निकायले छानबिन गरी रहेको बताएका छन् । संसद भवनमा पत्रकारसँग बोल्दै लामिछानेले अधिकार प्राप्त निकायले उपस्थित हुन भनेको ठाउँमा जहिलै उपस्थित हुने बताए । 

‘मेरो नागरिकता र पासपोर्टको विषय निर्वाचन आयोगले उठायो । मैले निर्वाचन आयोगलाई जवाफ दिए । निर्वाचन आयोगले आफ्नो धारणा राख्यो सकियो’ लामिछानेले भने, ‘मेरो बारेको मुद्दा अदालतमा पुग्यो सपथ गर्न कुनै रोकतोक गर्नु भन्ने आदेश आयो ।’ आफ्नो बारेमा अनुसन्धान गर्ने निकाय प्रक्रियामा रहेको बताउँदै उनले यो विषयमा खास्सै बोल्नुनपर्ने बताए । ‘अधिकार प्राप्त निकायले अनुसन्धान गरेको हुनाले त्यो निकायले सोधेको खण्डमा जहिले पनि उपस्थित हुन्छु । अधिकार प्राप्त निकायले निष्पक्ष छानबिन गर्नेछ भन्नेमा विश्वस्त छु’ लामिछानेले भने ।

आफ्नो नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भनेर सामान्य छलफल गरेको लामिछानेले बताए । सरकार बनाउने काम संसदको ठूलो दलको भएकाले आफूहरू त्यसमा कुनै केही नभएको उनले बताए । देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्नेमा सचेत भएकाले त्यस्तो अवस्थामा सोच्न सकिने लामिछानेको भनाई छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img