काठमाडौं– राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, नेपालका अनुसार बुधबार राति नेपालको बागलुङ जिल्लामा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको छ ।
केन्द्रका अनुसार बागलङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो ।
केन्द्रबाट प्राप्त रिडिङ अनुसार बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १ः२३ बजे ४.७ तीब्रताको भूकम्प आएको थियो । केन्द्रले ट्वीट गर्दै लेखेको छ– ‘२०७९/०९/१३ का दिन १ः२३ बजे बागलुङ जिल्लाको अधिकारी चौर वरपर ४.७ एमएलको भूकम्प आयो ।’
त्यसपछि केन्द्रले दोस्रो ट्वीट गर्दै रेक्टरको मापनमा ५.३ तिब्रताको दोस्रो भूकम्प बागलुङ जिल्लाकै खुंगामा गए राति २ः०७ बजे आएको उल्लेख गरिएको छ ।केन्द्रले बुधवार बिहान करिब चार बजे तेस्रो ट्वीट गर्दै बागलुङको अधिकारीचौरमै ४ रेक्टर स्केलको भूकम्प आएको जनाएको छ ।
भूकम्पले पुर्याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन ।
उता, भारतको उत्तराखण्डको उत्तरकाशीमा पनि राति २ः२४ बजे ३.१ तिब्रताको भूकम्प आएको छ ।



