समाजकाभ्रेमा बस दुर्घटना

काभ्रेमा बस दुर्घटना

काभ्रे — जिल्लाको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार घाइते ३ जनाको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको गाउँपालिकाको बाँखु स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसमा सवार २३ मध्ये १४ यात्रु सकुशल रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img