काठमाडौं- कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् ।टेलिसिरियल ‘नारी’ मा अभिनय गरेर फर्कदै गर्दा उनले चढेको पठाओ मोटरसाइकल बबरमहलको मुख्य सडकमा कारसँग ठोक्किएको थियो ।
दुर्घटनाका कारण उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल खड्काको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको कलाकार उत्तम केसीले बताए ।
‘खड्का अहिले खतरा मुक्त त रहेकी छन्,’ केसीले भने, ‘टाउकोमा २५ टाका लगाइएको छ । शरिरका अन्य बिभिन्न भागमा चोट छन् ।’ डाक्टरले खड्का खतरामुक्त रहेको बताए पनि अझै केही दिन अस्पतालमै बस्ने केसीले बताए ।
सोच, रुमालै छ चिनो लगायत केही फिल्म अभिनय गरेकी खड्काले नदेखिएको जात, उल्टो सुल्टो, नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् । खड्काको अभिनय रहेको थुप्रै म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।