Friday, January 17, 2025
समाजभोली सार्बजनिक बिदा

भोली सार्बजनिक बिदा

काठमाडौं । पुस २७ गते बुधबार सार्बजनिक बिदा हुने भएको छ ।

मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको थियो । राप्रपाको उक्त प्रस्तावमा अन्य दलहरू पनि सहमत भएका हुन् ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

पृथ्वी जयन्ती

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।

यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img