Sunday, January 19, 2025
समाजचिसोले कठ्यांग्रिएर सप्तरीमा दुईको मृत्यु

चिसोले कठ्यांग्रिएर सप्तरीमा दुईको मृत्यु

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय देवु सदाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको थियोे ।

विगत केही दिनयता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठयांग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् । चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको स्थानीय ललकु सदाले जानकारी दिए ।

मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको अभावमा उनको कठयांग्रिएर मृत्यु भएको उनले बताए ।

विगत केही समययता सप्तरीसहित तराईका जिल्लामा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भएको छ । 

चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img