Sunday, January 19, 2025
समाजधौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि भेटियो

धौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि भेटियो

काठमाडौं- सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ ।

गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो ।

हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट गाडीमार्फत काठमाडौ पठाइएको छ।

शवलाई हाल पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको बताइएको छ । फुल सिजनल माउन्टेन ट्रेक्स प्रा.लि.बाट पदयात्रामा निस्किएका गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता भएका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img