समाजम्याग्दीमा जिप दुर्घटना हुदाँ एकको मृत्यु, ७ जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुदाँ एकको मृत्यु, ७ जना घाइते

बाबियाचौर – थाइबाङबाट बेनि तर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । सोमबार(आज) बिहान ११ बजे काफलाचौर भन्ने ठाउमा जिप दुर्घटना भएको हो ।

मंगला गाउपालिका-१ थाइबाङबाट बेनि हिँडेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक यात्रुको मुत्यु भएको छ ।

दुर्घटना हुँदा जीपमा सवार मंगला गाउँपालिका, १ की फौमाायाँ गर्वुजा (६१) को मृत्यु भएको हो । गम्भीर घाइते गर्वुजा उपचारका लागि सदरमुकाम बेनी पुर्‍याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालका अनुसार दुर्घटनामा परी ७ जना घाइते छन् । उनीहरुको को बेनी अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img