Friday, January 17, 2025
समाजबीमा दाबी गर्न आफ्नै बस जलाउने १ जना पक्राउ

बीमा दाबी गर्न आफ्नै बस जलाउने १ जना पक्राउ

बर्दिया – बर्दियामा बीमा दाबी गर्नका लागि आफ्नै बस जलाउने एक जना पक्राउ परेका छन् ।

आज साेमवार बिहान मधुवन नगरपालिकाको पक्की सडकमा लु २ ख २०८४ नम्बरको बस आगो लागिरहेको अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यसपछि अनुसन्धान गर्दा गाडी चालक रामु चौधरीले नै बसमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बस बिग्रिएकोले मर्मतका लागि ग्यारेजमा लिएर गएकोमा खर्च धेरै लाग्ने भएपछि चाैधरीले बस जलाएको बयान दिएका प्रहरीको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img