काठमाडौं । भोलि सोमबार सार्वजनिक विदा भन्दै सामाजिक संजालभर समाचार आईरहेका छन् ।
त्यस बिषयमा नेपाल सरकार गृह मन्त्रालयले स्पष्ट पारेको छ। मगर दिवसका दिन सरकारले विदा दिएको छ भन्ने खबर भ्रम मात्र भएको गृहले स्पष्ट पारेको हो ।
नेपाल राजपत्रमा फागुन १५ गते बिदा हुने उल्लेख छैन । गृह मन्त्रालयले जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन सार्वजनिक विदा हुने उल्लेख गरेको छैन । सोमबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारीलाई सोध्यौं – भोली सरकारी विदा छ कि छैन ?
अधिकारीले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन् र भोलि सार्वजनिक विदा दिने बारे केही निर्णय भएको छैन’ उनले भने ।