Wednesday, February 12, 2025
समाज'गठबन्धनका नेताहरू देश बेच्ने योजना बनाउँदै गर्दा ओली भन्थे- नक्शा बढाउनु छ'

‘गठबन्धनका नेताहरू देश बेच्ने योजना बनाउँदै गर्दा ओली भन्थे- नक्शा बढाउनु छ’

काठमाडौं । टेलिभिजन पत्रकार सुमन ढुङ्गानाले वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले देश बेच्ने योजना बनाइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली देशको नक्शा बढाउने योजना बनाइरहेको गम्भीर आरोप लगाएका छन् ।

उनले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नामै किटेर देश बेच्ने योजना बनाएको टिप्पणी गरेका हुन् ।

आफूले पत्रकारिता गर्दैगर्दाको अनुभव र देशका प्रमुख नेताहरूको चरित्रबारे उजागर गर्दै उनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय दूतावासको त्यो पार्टीमा दूतावासमा शेरबहादुर, प्रचण्ड र माकुने हुँदा म केपी ओलीसँग मुस्ताङमा थिएँ । उनीहरू देश बेच्दै थिए र ओली भन्दै थिए देशमा नक्शा बढाउनु छ ।’

पत्रकार ढुङ्गानाले पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रवादी र जनताको पक्षमा रहेको चित्रण गर्ने कोसिस गरेका छन् । त्यसो त ओली प्रधानमन्त्री छँदा भारतले कब्जा गरेको लिपुलुक र कालापानीलगायत क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्शा जारी गरेका छन् । यसबाट पत्रकार ढुङ्गानाले ओलीप्रति गरेको टिप्पणी मेल खाएको छ ।

भारतीय दूतावासको कार्यक्रममा सहभागी हुने नेताहरू ‘देश बेचुवा’ भएको चर्को टिप्पणी उनको छ ।

dhungana suman

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस