Saturday, April 19, 2025
समाजचट्याङ लागेर भोजपुरमा एक बालकको मृत्यु, एकजना घाइते
spot_img

चट्याङ लागेर भोजपुरमा एक बालकको मृत्यु, एकजना घाइते

भोजपुर । भोजपुरमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ । षडानन्द नगरपालिका-१२ तिप्ले बस्ने नारायण भुजेलको १३ वर्षीय छोरा सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भुजेललाई तुम्लिङटार मनाकामना अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो । त्यस्तै, घटनामा स्थानीय भक्त बहादुर भुजेलको २५ वर्षीय प्रदीप भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img