Friday, October 4, 2024
समाजयुवकको पेटभित्र कसरी पस्यो रक्सीको सिंगै बोतल ?

युवकको पेटभित्र कसरी पस्यो रक्सीको सिंगै बोतल ?

काठमाडौँ। रौतहटका एक युवकको पेटमा सिंगै रक्सीको बोलत फेला परेको छ । गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा रक्सीको बोतल भेटिएको हो ।

आइतबारदेखि नुर्सादलाई धेरै पेट दुखेको थियो । पेट दुख्न कम नभएपछि सोमबार उनको परिवारले चन्द्रपुर अस्पताल ल्याए । अस्पतालमा एक्सरे गरेर हेरेपछि उनको पेटमा रक्सीको सिंगै बोतल देखियो ।

पेटमा ८८४८ नामको रक्सीको सिंगै बोतल देखेर चिकित्सकहरु आश्चर्यमा परे र आत्तिए पनि । चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिय ।

यतिठूलो बोतल पेटभित्र हुँदाआन्द्रा फुटेको हुनसक्ने भन्दै थप उपचारका लागि भरतपुर रेफर गरियो। शल्यक्रिया गरी रक्सीको बोतल निकालिएको छ । अहिले भरतपुर अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ।

कसरी पस्यो बोतल ?
केही दिनअघि नर्साद चन्द्रपुर–१० बाल्चनपुरमै रहेको साथी मोहम्द समीरको ग्यारेजमा उनीसँगै बसेर रक्सी खाएका थिए । सोही क्रममा नुर्सादले रक्सीको बोतलमा पिसाब गरेर खुवाएको रिसमा समीरले गत शनिबार नुर्सादलाई बोलाई नशालु पदार्थ खुवाएर उनको मलद्वारभित्रबाट रक्सीको बोतल छिराइदिएका थिए ।

घटनाको विषयमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । नुर्सादका अन्य साथीहरू भने फरार छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img