Monday, February 17, 2025
समाजराष्ट्रपति निर्वाचन अघि पौडेलको तयारी

राष्ट्रपति निर्वाचन अघि पौडेलको तयारी

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन हुनुअघि राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले दौरा सुरुवाल र कोट सिलाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले काठमाडौँको ‘टिपटप टेलर’मा राष्ट्रपतिमा निर्वाचित भएपछि लगाउनका लागि पोसाकको जोहो गरेका हुन् ।

उनले आइतबार टेलरमा पुगेर शरीर नपाएका थिए । आइतबार आफ्ना सहयोगीहरूसहित पौडेल कपडा नापका लागि टेलर पुगेका थिए । पौडेलको नाप अनुसारको कपडा तयार भएको र आज साँझ पौडेललाई भेटेर कपडा ‘ट्रायल’ गरिने टेलरका सञ्चालक मोहम्मद जियाले रातोपाटीलाई जानकारी दिए ।

पौडेलले पहिलो पटक सो टेलरमा कपडा सिलाउन आएको मोहम्मदले बताए । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसँग प्रतिस्पर्धा गर्दैछन् ।

पौडेललाई सत्ता गठबन्धनका ८ दलले समर्थन सहित सहयोग गर्ने औपचारिक घोषणा गरिसकेका छन् भने अर्का उम्मेदवार नेम्वाङ हालसम्म एमालेको मात्र एकल उम्मेदवारका रूपमा रहेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img