काठमाडौं : सरकारले आगामी वर्ष दिइने सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।
विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ।
राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ।
[pdf-embedder url=”https://infonepalonline.com.np/storage/2023/03/२०८०-साल-भरिको-सार्वजनिक-विदा-संम्वन्धी-६५.pdf”]