Wednesday, February 12, 2025
समाजकैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २८ जना घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २८ जना घाइते

काठमाण्डाै – कैलालीको भजनीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

दुर्घटनामा भजनी–९ की १४ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी कूलदीप चन्दले जानकारी दिए ।

घाइतेहरुको घोडाघोडी अस्पताल र बर्दगोरियामा उपचार भइरहेको छ । गएराति बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर फर्किने क्रममा से १ त ८८७० नम्बरको ट्र्याक्टर भजनी नगरपालिका–२ मा ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस