Friday, February 7, 2025
समाजनेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडाैं: नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो ।

यो प्रतिवेदनअनुसार नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरुष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् ।

पुरुषको संख्या महिलाभन्दा ६ लाख ५७ हजार ४७६ कम छ । अन्यको संख्या दुई हजार ९२८ छ । यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो ।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस